‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७ देखि प्रदर्शन

काठमाडौँ। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमार्फत फिल्मको पहिलो झलक दर्शकसमक्ष ल्याइएको हो।
पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले)लाई फोकस गरिएको छ। हातको औँलामा सिगरेट समातेका उनी झुम्मिएको मुद्रामा देखिन्छन्। कतिपय फ्रेममा सिगरेट तान्दै गर्दा निदाएको जस्तो देखिने उनको अवस्था मार्फत उनको क्यारेक्टर अल्छे र उदासीन स्वभावको रहेको संकेत गरिएको छ। यही बहानामा युवापुस्तामा बढ्दै गएको धूम्रपान जस्ता कुलतप्रति फिल्मले संदेश दिन खोजेको अनुमान गर्न सकिन्छ।
फर्स्टलुक पोस्टरमा सागर लम्साल मात्र देखिन्छन्, अन्य कलाकारलाई समेटिएको छैन। फिल्मको झन्डै ९० प्रतिशत छायांकन कास्कीको याङ्जाकोटमा र बाँकी करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएका हुन्।
राजु गिरी निर्देशित फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन्। उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन तथा निर्देशन गरिसकेका छन्। उषा फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सागर लम्साल (बले) सँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा केसी र नबराज गिरिलगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक राजु गिरी स्वयं पनि फिल्ममा देखिनेछन्।
फिल्ममा बालकलाकार कंगना गिरी, रोनिश खड्का र काजल गिरीको समेत अभिनय रहेको छ। मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेतको रहेको फिल्मको निर्माताहरू सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक









