च्याम्पियन्स लिगमा रियल म्याड्रिड पराजित

काठमाडौं, मसिर २५। युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग २-१ गोलले पराजित हुँदै म्याड्रिडले लगातार दोस्रो हार बेहोरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा सिटीलाई जित दिलाउन निको ओरिले र इर्लिङ ब्राउट हालान्डले समान एक/एक गोल गरे । म्याड्रिडको लागि रोद्रिगोले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा म्याड्रिड पराजित हुन पुगेको हो । खेलक २८ औं मिनेटमा रोद्रिगोले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३५ औँ मिनेटमा निकोले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । ४३ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी २-१ गोलले विजयी भएको हो । जितसँगै सिटी ६ खेलबाट १३ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिदा समान खेलबाट १२ अंक जोडेको म्याड्रिड सातौँ स्थानमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत









