उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न

धादिङबेशी,२७ मंसिर । उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङ उद्योग बाणिज्य संघको सभाहलमा शनिबार सहकारी संस्थाका अध्यक्ष ईश्वर धरेलको अध्यक्षतामा तथा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी,धादिङ बचत तथा ऋण सहकारी संस्था लि.का चमेली बगाले,ग्रामीण यातायात सहकारी संस्था लि.का अध्यक्ष बद्री प्रसाद सुवेदी,स्वर्णीम बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष अशोक बस्नेत,पुर्व अध्यक्षहरु खडानन्द त्रिपाठी,वोदनाथ दुवाडी लगाएतको आतिथ्यता रहेको थियो ।
साधारणसभामा सहकारी संस्थाका सचिव,कोषाध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन सर्वसहमत पास गरिएको छ । सोहि अवसरमा संस्थाले असल बचतकर्ताहरु,असल ऋणीहरुलाई सम्मान समेत गरेको थियो । साधारणसभाले सहकारी संस्थाको रिक्त भएको महासचिव पदमा शरणकुमार श्रेष्ठ र सचिव पदमा शुक्रकुमार श्रेष्ठलाई सर्वसहमत चयन समेत गरेको छ ।
उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लिं.मा हाल २७८ जना शेयर सदस्य रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक
खेलकुद२०८३ असार २, मंगलवार ०८:४३उरुग्वे र साउदी अरबबीचको खेल बराबरी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री









