बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…

काठमाडौं, १२ पुस । बाल शल्य चिकित्सक संघ नेपालको अध्यक्षमा प्रा.विजय थापा चयन भएका छन् । संघले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ कार्यकारी समिति चयन गरेको हो ।
त्यसैगरी, संघका उपाध्यक्षमा डा.नृपेस राज भण्डारी, महासचिवमा डा.दिनेश प्रसाद कोइराला र सचिवमा डा.जसमिन बज्राचार्य चयन भएका छन् ।
कोषाध्यक्षमा डा.बाल मुकुन्द बस्नेत र सह–कोषाध्यक्षमा डा.शिरीष सिलवाल र कार्यकारी समितिका सदस्यहरुमा डा.अनु महाराजन, डा. सुलोचना दाहाल, डा.हिरामणि पाठक र डा.निशान्त सिंह चयन भएका छन् ।
‘हाम्रो प्राथमिकता बाल शल्य सेवा सबै क्षेत्रसम्म पुर्याउने, प्रशिक्षण अवसर बढाउने र राष्ट्रिय स्तरमा बालमैत्री शल्य नीतिहरू प्रवर्द्धन गर्ने हुनेछ,’– नवनिर्वाचित अध्यक्ष प्रा.थापाले भने ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









