माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा आइतबार विभिन्न समुहमा प्रतिस्पर्धा भएका छन् ।

आइतबार भएको मेन्स ओपनतर्फ नेहाल जंग बहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ ले तथा प्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।

३५ वर्ष माथिको मेन्स सिंगलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–० ले, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले, सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरेका छन् ।

४५ वर्ष माथिको एकलमा कमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा, देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले, रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे ।

५५ वर्ष माथि चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरेका छन् । ६५ वर्ष माथिको एकलमा कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।

३५ वर्षको मेन्स डबलतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले, सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20402, citypokhara.com

यो पनि पढ्नुहोस् :  आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =