आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्

काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर सङ गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आ आफ्नो विद्यामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरेको हुनुपर्ने छ। सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।
उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्नेछ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्। कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका छन्।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ। फिल्म आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









