‘प्यारी छोरी’ भन्दै आए पुश्पल

‘प्यारी छोरी’ भन्दै आए पुश्पल

काठमाडौँ। अभिनेता तथा मोडल पुश्पल खड्का अभिनित ‘प्यारी छोरी’ बोलको मार्मिक गीत सुमाम्सा बान्तवाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। माङ्गमु फिल्म्ससँगको सहकार्यमा मोहन बान्तवाको प्रस्तुति रहेको यस गीतमा महेन्द्र राईको संगीत, राजु कार्कीको संगीत संयोजन र दिनेश माङ्गमुको निर्देशन छ।

बाबु–छोरीबीचको गहिरो प्रेम र संघर्षलाई प्रस्तुत गरिएको भिडियोमा पुश्पल खड्का र सुमाम्सा बान्तवा बाबु–छोरीको भूमिकामा देखिएका छन्। गीतमा राजेश पायल राई र सुमाम्सा बान्तवाको स्वर रहेको छ भने सुमाम्सा भिडियोमा पनि फिचर भएकी छन्। ६ मिनेट २६ सेकेन्ड लामो यस भिडियोमा सुमाम्साको सशक्त अभिनयले भावनात्मक प्रभाव थपेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =