खेलसँगै साहित्यमा हेमजा युनाइटेड, अन्तर विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

पोखरा । खेल गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय हेमजा युनाइटेडले साहित्य क्षेत्रमा पनि याेगदान दिन थालेकाे छ । वार्षिक क्यालेन्डर नै बनाएर काम गर्ने यस संस्थाले विद्यालय स्तरीय आधारभूत तहगत निबन्ध लेखन प्रतियोगिता शनिबार सम्पन्न गरेको हाे।
“शान्तिको खोजीमा बुद्ध” विषयमा आयोजित प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी याङसी अधिकारी प्रथम भएकी छन्। त्यस्तै, धवलागिरि बोर्डिङ स्कुलकै माधवी पौडेल दोस्रो, हेमजा बोर्डिङ स्कुलकी एली शर्मा तेस्रो तथा हेमजा युनाइटेडकी सौरभि साही सान्त्वना भएकी हुन्।
विजेताहरूलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार तथा सान्त्वनालाई ५०० रुपैयाँ, गौतम बुद्धको चित्र अंकित मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
साथै प्रतियोगितामा सहभागी अन्य विद्यालयका विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा युनाइटेडका कार्यसमिति सदस्य मनोज त्रिपाठीले जानकारी दिए।
प्रतियोगिताको निर्णयक भूमिकामा साहित्यकार तथा प्राध्यापक शिव त्रिपाठी रहेका थिए। कार्यक्रममा शुभकामना दिँदै विभिन्न विद्यालयका प्राचार्य तथा शिक्षाकर्मीहरूले खेलसँगै वार्षिक कार्यक्रमको क्यालेन्डर बनाएर सामाजिक क्षेत्रमा सक्रिय हेमजा युनाइटेड पोखरा–२५, हेमजाका संस्थामध्ये एक उदाहरणीय संस्थाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
कार्यक्रममा गौरीशङ्कर माविका प्राचार्य अम्बर कुँवर, हेमजा बोर्डिङ स्कुलका सञ्चालक एवं प्रबन्ध निर्देशक माधव सरण पौडेल, ज्ञान सागर एकेडेमीका प्राचार्य शंकरमणि त्रिपाठी, धवलागिरि बोर्डिङकाका शिक्षक विनोद रेग्मी, दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठी लगायतले बालेका थिए ।
हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20453, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार २३:०४ब्राउनसुगरसहित तीन जना पक्राउ
समाचार२०८२ चैत्र ३०, सोमबार १४:२४सञ्चारिका समूह नेपाल,गण्डकी प्रदेशको सातौँ अधिवेशन सुरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता






