जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री ओलीको बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान प्राप्त भएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीको बयान आयोगलाई आज प्राप्त भएको जानकारी दिनुभएको हो । यसअघि आयोगले आजै ओलीलाई बयानका लागि पत्राचार गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
आयोगले पत्राचार गरेपछि ओलीको बयान आएको र आयोगले यसलाई प्रकृयागत रुपमा अगाडि बढाउने प्रवक्ता शर्माले स्पष्ट गर्नुभयो । तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने बताउदै आउनु भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १६, बुधबार २०:०५काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने
खेलकुद२०८३ बैशाख १६, बुधबार १४:४८स्मार्ट लाइसेन्स छपाइमा उल्लेख्य प्रगति
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार १०:५२बीपी कोइराला अस्पतालको अध्यक्ष पद खुला आवेदनबाट चयन गरिने,यी हुन् आवश्यक याेग्यता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन








