हेटौंडा जुरीखेतमा जीप दुर्घटनाहुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं– काठमाडौँ- हेटौंडा सडग खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक गरी ९ जना सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन भने मृत्यु भएका सबैको शव हेटौंडा अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








