मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज

मुस्ताङ,२०, पुस ।
यहाँ स्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आईतबारदेखि एकिृत सेवा कार्यालय रहने गरी एक आपसमा मर्ज भएका छन् । गण्डकी प्रदेश सरकारको गत साउनमा भएको निर्णय अनुसार यहाँ स्थित पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय एक आपसमा मर्ज भएको हो ।
यसअघि गण्डकी प्रदेश सरकारले एउँटै प्रकृतिका सेवा दिने कार्यालयहरुलाई एउटै कार्यालयको रुपमा स्थापना गरी एकिकृत सेवा प्रवाह गर्ने तथा प्रदेशको आर्थिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले प्रदेशका ७ वटा निर्देशनालय खारेज गरेको थियो । सोही बेला प्रदेशले यहाँका एघार जिल्लामा रहेका मातहतका ३२ वटा कार्यालयलाई घटाएर १७ वटा कार्यालयमा सीमित गर्ने निर्णय गरिएको थियो ।
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार यहाँ स्थित उद्योग तथा पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको सामाजिक विकास कार्यालय एकिकृत सेवा कार्यालयको रुपमा मर्ज भई सेवा संञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।
यसअघि यहा स्थित सामाजिक विकास कार्यालय शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको भवनबाट सेवा संञ्चालनमा थियो । यसैगरी पर्यटन तथा उद्योग कार्यालय आफ्नै भवनबाट सेवा संञ्चालनमा थियो ।
यहाँ पर्यटन तथा उद्योग कार्यालयलाईनै एकिकृत सेवा कार्यालय रुपमा सेवा प्रवाह गरिएको छ । यहाँ दुबै कार्यालयहरु एक आपसमा मर्ज भएसंगै पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट एकिकृत सेवा कायालयको सेवा संञ्चालनमा ल्याईएको प्रमुख निरपति दर्जीको भनाई छ ।
प्रदेशको निर्णय अनुसार यहाँ स्थित पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय मंसिर २६ गते प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार अनौपचारिक रुपमा भईसकेका थिए ।
यहाँ दुई कार्यालय मर्ज भएर एकिकृत सेवा कार्यालय स्थापना गरिएपछि आयोजित औपचारिक कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा लगायतले शुभ—कामना व्यक्त गर्नुभएको थियो । प्रजिअ शर्माले दुई कार्यालय गाँभिएपछिको एकिकृत सेवा कार्यालयले आफ्नो कार्यसम्पादनलाई चुस्त,भरपर्दाे र पारदर्शी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।
एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले नयाँ कार्यालयको रुपमा यहाँ प्रदेशले १० जनाको दरबन्दी सृजना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा एक जना स्थायी र चार जना करार सेवाका कर्मचारी कार्यरत रहेको बताउँनुभयो ।
दुई कार्यालय मर्जपछि एकिकृत सेवा कार्यालयको बैठकले कार्यालयको सेवालाई प्रभावकारी बनाउँन विभिन्न १० बुँदे निर्णय गरेको छ ।
यसअघि सामाजिक विकास कार्यालयले यहाँ लक्षित बर्गका लागि सेवा प्रवाह गर्दैआईरहेको थियो भने पर्यटन तथा उद्योग कार्यालयले उद्योग दर्ता तथा नविकरणका सार्थ पर्यटन प्रर्वद्धनात्मक कार्य गर्दैआईरहेको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष २०, आईतवार १८:२४मुस्ताङमा पर्यटन तथा उद्योग र सामाजिक विकास कार्यालय मर्ज
समाचार२०८२ पुष १६, बुधबार १५:४९शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामुहिक पहल कार्यक्रमा अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको मन्तव्य
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने








