पोखरा लेडी जेसिजको व्यक्तित्व विकास तालिम

पोखरा । पोखरा लेडि जेसिजले आफना सदस्यहरु एवं छिमेकी शाखाका सदस्यहरुको नेतृत्व, एवं व्यक्तित्व विकास गराउने उद्धेश्यले आयोजना गरेको पर्सनालिटी डेभलपमेन्ट तालिम मंगलबार सम्पन्न भएको छ ।
महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई एकसाथ अघि बढाउँदै सक्षम, र आत्मविश्वासी र बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमले सहभागीहरूमा नयाँ ऊर्जा र दृष्टिकोण थपेको सहभागीहरुले वताएका छन ।
तालिमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल तथा साउथ एसियाका पूर्व जनरल डाइरेक्टर, नेपाल जेसिजका पूर्व अध्यक्ष तथा जेसिआई सिनेटर चाँदनी जोशीले महिलाहरू आत्मविश्वासी र सक्षम भए मात्र समाज समृद्ध बन्ने धारणा व्यक्त गरेकी थिइन् । उनले जेसिजले महिलालाई नेतृत्वमा ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूलाई निरन्तर सिकाइमा लागिरहन प्रेरित गरिन् ।
संस्थाकी अध्यक्ष सुनिता गौतम भण्डारीले पोखरा लेडी जेसिजले सधैं महिला सशक्तिकरणलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको वताउँदै आगामी दिनमा पनि यस्ता सशक्तिकरणमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने गौतमले वताईन । “नेतृत्व केवल पदमा सीमित हुँदैन, व्यक्तित्व र व्यवहारले पनि नेतृत्वको परिचय दिन्छ,” उनले भनिन् ।
पोखरा जेसिजका अध्यक्ष जेसि सुमन पहाडी, लेडी जेसिजका पूर्व अध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा प्रेरणाका कुरा र अनुभवहरु ऋादान प्रदान गरिएको थियो।
तालिमका प्रमुख प्रशिक्षक पोखरा लेडी जेसिजकी पूर्व अध्यक्ष मिनु कुँवर श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास एक–अर्काका पूरक भएको बताइन् । साथै सौन्दर्यविद् चिनु गुरुङले व्यक्तित्व विकासमा बाह्य प्रस्तुति र आत्मसम्मानको भूमिकाबारे व्यवहारिक प्रशिक्षण दिएकी थिइन् ।
पोखरास्थित टिका रिसोर्टमा सम्पन्न तालिममा जेसिज सदस्यसहित करिब ६० जना महिलाको उल्लेखनीय सहभागिता रहेको थियो। दिनभर चलेको तालिममा नेतृत्व कला, आत्मप्रस्तुति, सकारात्मक सोच, व्यवहारिक शिष्टाचार तथा व्यक्तित्व निर्माणका विविध पक्षहरूमा गहन छलफल र अभ्यास गराइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20474, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार १७:१७सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन
समाचार२०८३ बैशाख २, बुधबार ०५:२३पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
समाचार२०८२ चैत्र ३०, सोमबार २३:०४ब्राउनसुगरसहित तीन जना पक्राउ







