काठमाडौँको साँखु नजिकै बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँको साँखु नजिकै बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ ।

आज साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका-३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा करिब ४० जना घाइते भएको प्रहरीको भनाइ छ ।

नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कँदा बस दुर्घटनामा परेको थियो ।

बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको र घाइतेहरुलाई विभिन्न ८ वटा अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =  

Protected by Spam Master