विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित

काठमाडौँ- नेपाली कांग्रेसको विशेष अधिवेशनबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ।
बन्द सत्रमा पेश भएका दुवै प्रतिवेदन आज पारित भएको छ । योसँगै आजका लागि बन्दसत्र सकिएको छ। भोलि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
प्रतिवेदन पारित गरेपछि बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताउनु भएको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताउनु भएको हो । उहाँले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे ।
‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’ थापाले भन्नुभयो ।
आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ थापाले भन्नुभयो ।
तर कांग्रेस भित्र गिरोहका गुटहरू गिरोह बन्दै गएका कारण कांग्रेस बदल्न जरूरी रहेको उहाँको भनाइ छ । उहाँले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गर्नुभयो ।
‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’ थापाले भन्नु भयो ।
विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा जोड दिदै थापले अब हाउसले नै एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्नुपर्नु बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष २९, मंगलवार १९:३०काँग्रेस कार्य समिति बैठक भोलि विहान बस्ने
समाचार२०८२ पुष २९, मंगलवार १९:०१विशेष महाधिवेशनमा महामन्त्रीद्वयको प्रतिवेदन पारित
कला, विचार/मनोरञ्जन२०८२ पुष २९, मंगलवार १६:५५चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी
कला, विचार/मनोरञ्जन२०८२ पुष २९, मंगलवार १६:१९‘परान’ प्रदर्शनको ७५औं दिन पुगेको अवसरमा टिकटमा छुट








