काँग्रेस कार्य समिति बैठक भोलि विहान बस्ने

काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि विहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।
विहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो पटक पटक सरिदै आएको थियो ।
साझ अबेर केही बेरमात्रै बसेको बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो।
कार्यवाहक सभापति ब्यस्त भएपछि उपसभापति धनराज गुरुङले वेलुका ७:३० मा बैठक सञ्चालन गरि भोलि बिहान ८ बजे पुन: केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी गराउनु भएको थियो ।
नेपाली काँग्रेसको दोस्रो विशेष अधिवेशनपछिको विकासित घटनाक्रमपछि पार्टीमा हुन सक्ने क्षति रोक्ने विषयमा आज दिनभर जसो सहमातिका विभिन्न विकल्पहरुमा त्रिपक्षीय छलफल जारी रहेपछि बैठक प्रभावित भएको थियो ।
त्रिपक्षीय छलफलपछि पुगिने निश्कर्ष एवम जुटने सहमति र विशेष अधिवेशनबाट पारित महामन्त्रीद्वयको प्रतिवेदनहरुलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने गरी शीर्ष नेताहरुबीचको सम्वाद अहिले पनि भइरहेको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







