रविले तताए पोखरा महोत्सव,महाेत्सवमा आईतबारदेखि मौलिक खेल छेलो/ठेलो प्रतियोगिता हुने

पोखरा ।
पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो/ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए ।
संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि माघ २ गते सम्म नाम दर्ता गर्नुपर्ने छ । टीम दर्ताका लागि दर्ता शुल्क २ सय ५० रहेको र माघ ४, ६, ७ र ८ गते क्वालिफाइड राउण्डबाट खेल खेलाईने र उत्कृष्ट १२ जनालाई फाइनमा प्रवेश गराइने खेल संयोजक गज बहादुर गुरुङले जानकारी दिए ।
महोत्सवको दोश्रो दिन लोक दोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रबि कार्की र पुरुषोत्तम न्यौपाने संगै कलाकारहरु सबिना गुरुङ, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री रमा गौतम लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेस्रो दिन बिहीबार लोकदोहोरी तर्फ शान्तिश्री परियार, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । साँझको लाइभ कन्सर्ट तर्फ युवाहरुमा चर्चित लाहुरेको प्रस्तुती रहने छ ।
महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर/मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ ।
महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन ।
ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन ।
फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20548, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने
समाचार२०८३ जेष्ठ ६, बुधबार २२:०९ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न







