भावी पुस्ताका लागि मार्गदर्शक बन्न युवाहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई आज नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
उहाँले युवालाई विपद् र संकटको घडीमा अग्रपंक्तिमा उभिएर समाजको भरोसा बन्न समेत निर्देशन दिनुभयो ।
नेपाल सरकारले युवाहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सेवा दलको तालिमलाई आगामी वर्षहरूमा अझ विस्तार गरिने जानकारी दिनुभयो ।
यस वर्ष देशभरका २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









