प्रेस चौतारी धादिङले मनायो स्थापना दिवस

धादिङ, माघ २२ गते ।
प्रेस चौतारी नेपाल धादिङले २८ औँ स्थापना दिवस मनाएको छ । धादिङबेसीस्थित मदन–आश्रित भवनमा चियापान तथा छलफल कार्यक्रमको आयोजना गरी मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) ले शुभकामना व्यक्त गर्दै पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा उल्लेख गर्नुभयो । उहाँले प्रेस चौतारी नेपाल देशको विकास र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको सशक्त संगठन भएको बताउनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले प्रेस चौतारीमा आबद्ध पत्रकारहरूले सत्य, तथ्य र निष्पक्ष रूपमा पत्रकारिता गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेबाट धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनबहादुर घलेले धादिङको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणदेखि जिल्लाका सातवटै पालिकामा देखिएका विभिन्न समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पोषनाथ अधिकारीले पत्रकार र पत्रकारिता क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि सबै पत्रकार संगठनहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउँदै यसको दिगोपनाका लागि सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रेस चौतारी नेपाल धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले संगठनले पत्रकारहरूको पेशागत हक–हित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा तथा जिम्मेवार र व्यावसायिक पत्रकारिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो । सत्य, निष्पक्ष र जनमुखी पत्रकारितालाई आधार मानेर प्रेस चौतारी नेपालले सुशासन, सामाजिक न्याय र समावेशी लोकतन्त्रको पक्षमा कलम चलाउने पत्रकारहरूलाई संगठित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्मा, पत्रकार महासंघ धादिङका उपाध्यक्ष मनिष दुवाडी, प्रेस चौतारी नेपाल धादिङका पूर्व अध्यक्ष गायत्री खतिवडा, नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख शंकर श्रेष्ठ, प्रेस सेन्टर धादिङका अध्यक्ष नीरबहादुर तामाङलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३२, बिहीबार २०:०७मन्त्री मगर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने









