धादिङ महोत्सवमा आज शिव परियारको विशेष प्रस्तुति रहने

धादिङबेशी । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दशौँ धादिङ महोत्सव आज थप रोमाञ्चक बन्ने भएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवमा आज लोकप्रिय गायक शिव परियार सहित चर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहने धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जानकारी दिनुभयो । आजको कार्यक्रममा गायक शिव परियारसँगै शोभा त्रिपाठी, आशा बिसी, आशा केसी, राजु लाम्बा र श्याम बुलाकोटी लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
सांगीतिक कार्यक्रमसँगै महोत्सवले धादिङ जिल्लाको कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग, हस्तकला तथा संस्कृतिको प्रचार–प्रसारमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ ।
नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशी खुला मञ्चमा सञ्चालन भइरहेको महोत्सवमा दिनहुँ दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । आजको विशेष कलाकारहरूको प्रस्तुतिले महोत्सव थप भीडभाड हुने अपेक्षा गरिएको छ । महोत्सव यहि माघ २५ गते सम्म संचालन हुने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








