नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

धादिङबेशी । लायन्स क्लब अफ धादिङ नीलकण्ठले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा निर्वाचित क्ल्वका अध्यक्ष नारायण कुमार श्रेष्ठलाई भव्य सम्मान गरेको छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल, लायन वर्ष २०२५/२०२६ अन्तर्गत “Ideal Leadership” नारासहित काम गरिरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठले क्ल्वका अध्यक्ष समेत रहनु भएका श्रेष्ठ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित हुनुभएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठ तथा उहाँकी धर्मपत्नीलाई क्लबका प्रथम उपाध्यक्ष पोषनाथ अधिकारी र फस्ट लेडी इन्दिरा रिजालले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नुभएको क्लबका सेक्रेटरी लायन शरण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित क्लबका सदस्य तथा परिवारजनले अध्यक्ष श्रेष्ठलाई फूलमाला लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। क्लबका अध्यक्ष जस्तो जिम्मेवार व्यक्ति राष्ट्रिय स्तरको महत्वपूर्ण संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनु सम्पूर्ण क्लब तथा सदस्यहरूका लागि गर्व र सुखद विषय भएको वक्ताहरूले बताएका थिए। उक्त अवसरमा क्लबका अग्रज सदस्यहरू गोविन्द कुमार श्रेष्ठ, इश्वरी प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
Mission १.५ कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रम धादिङको क्रीक रिसोर्टमा क्लबका प्रथम उपाध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण क्लबको नेतृत्व सम्हालिसक्नु भएका लायन दिपक कोइरालाले गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत









