वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक

काठमाडौँ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’ आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित गर्दै यसको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रहरू र कथावस्तुको झल्को दिँदै दर्शकमा उत्सुकता जगाएको छ।
बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। यम थापाको कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। स्वस्तिमा खड्काको यसअघि देखिएकोभन्दा भिन्न भूमिकाले चलचित्रप्रति दर्शकको चासो थप बढाएको छ।
चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्। प्राविधिक पक्षमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी रहेका छन्।
त्यसैगरी कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशन उमेश चौधरी, कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापा रहेका छन्। फिल्मको संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाले तयार गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १, सोमबार २१:३७जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १, सोमबार ११:५८स्वास्थ्य मन्त्रालयको माग्याे करार कर्मचारीको विवरण
समाचार२०८३ भाद्र १, सोमबार ०८:४१देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना
समाचार२०८३ भाद्र १, सोमबार ०७:५०गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध









