प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोलि आभा सेमिफाइनलमा

पोखरा । उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १-० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदान भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।
जितसंगै आभाले सेमिफाइनलमा जावलाखेलको सामना गर्नेछ । यस्तै प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी भिड्दै छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20906, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५९भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु
समाचार२०८३ भाद्र १७, बुधबार १२:११रसुवा बाढीले खोस्यो जीवन







