कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका सिकाएको थियो ।
सीपमा आधारित सिकाइ मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरेको थियो । लोप हुँदै गरेका सामग्रीद्वारा समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतिबाट सिकाइ गरिएको थियो । मेलामा ढिकी, जाँतो, ठेकीमा मोही बनाउने तरिका, फलामका भाँडाकुँडा बनाउने तरिका र खानाका परिकार बनाउने विधि प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको थियो । विद्यालयमा बनाएको परिकारको खरिद तथा बिक्रीसमेत गरिएको थियो । अग्र्यानिक खाना निर्माण गरेर बिक्रीसमेत गरिएको छ ।
सेलरोटी, कोदाको रोटी, सिस्नु रोटी र आलुबाट निर्माण हुने परिकार बनाएको थियो । टपरीमा खाना बिक्री गर्नका लागि टपरी निर्माण गर्ने सीप सिकाइका साथै खाना टपरीमा बिक्री गरिएको छ । आधुनिक रूपमा प्रयोग हुने विभिन्न उपकरणसमेत प्रदर्शनी गरिएको छ । कर्णालीमा उत्पादन हुने ओखर, स्याउ तथा अन्य दालजन्य वस्तुको बिक्रीवितरण गर्न स्टल नै राखिएको छ । उक्त कार्यक्रममा पाँच सयभन्दा बढी अभिभावक तथा बालबालिकाले सक्रिया रूपमा प्रयोगात्मक कार्यमा सहभागी हुनुका साथै आर्थिक रूपमा लाभ उठाएका छन् ।
विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले यो कार्यक्रमबाट पढेरमात्र होइन, परेर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने उदाहरण दिएको बताउनुभयो । प्रयोगात्मक रूपमा धेरै कुरा सिक्ने र जीवनलाई सरलीकृत गर्ने अभियानमा रहेको पनि उहाँको भनाइ छ । “डिग्री पढेको भनी हामी जानकारी दिन्छौँ तर खाना बनाउन पनि आउँदैन भने त्यो पढेको के अर्थ भयो,” उहाँले भन्नुभयो, “हामीले विगतको संस्कार, संस्कृतिलाई संरक्षण गर्नुका साथै नयाँ आधुनिक विश्वमा आफूलाई जानकार बनाउनुपर्ने दायित्व छ ।”
खाना जानेरभन्दा पनि खाना नजानेर धेरैलाई समस्या आएको उहाँको भनाइ छ । कर्णाली अग्र्यानिक उत्पादनको महत्त्वपूर्ण क्षेत्र भए पनि निर्माण गर्ने तरिका तथा सीपको अभावमा दुनियाँको प्रयोगशाला भएको उहाँको भनाइ छ । विद्यालयमा पढाउनुमात्र ठूलो कुरा नभइ सीपसहित ज्ञान दिएर भावी पुस्तालाई समेत विगत, वर्तमानबारे अवगत गराउँदै आधुनिक विश्वसँग प्रतिस्पर्धा गराउने नागरिक तयार गर्नु अहिलेको दायित्व भएको खत्रीको भनाइ छ । कार्यक्रममा सबै सीपको प्रदर्शनीमात्र नभई अभ्यास पनि भारी मात्रामा गरिएको थियो ।
बालबालिकाले अभिभावकसँग खाना बनाएर बिक्री गर्दै आर्थिक रूपमा पनि लाभ उठाएका थिए । सहरबजारमा नपाइने परम्परागत औजारको प्रदर्शनीले विगतमा पुर्खाहरूले गरेका कठिन दिनको सङ्घर्ष पनि झल्किएको थियो । अहिलेको विकाससँगै विगतमा भएका सङ्र्घषका कथा आजको प्रदर्शनीमा झल्किने गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक








