प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिनु भएको छ ।
प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सन्जाल (फेसबुक) मार्फत भन्नुभएको छ, “निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।”
प्रधानमन्त्री कार्कीले आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
त्यसैगरी राष्ट्रपतिले निर्वाह गर्नुभएको अभिभावकीय भूमिकाका लागि प्रधानमन्त्री कार्कीले कृतज्ञता व्यक्त गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न







