लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी हुनुभएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गर्नुभयो ।
नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गर्नुभयो ।
कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट








