नीलकण्ठ नगरपालिकामा सहकारी पदाधिकारीका लागि क्षमता विकास तालिम

धादिङ,०४ चैत्र ।
धादिङको नीलकण्ठ नगरपालिकाले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारी पदाधिकारी तथा कर्मचारीका लागि क्षमता विकास तालिम सम्पन्न गरेको छ। नगरपालिकाको सहकारी शाखाको आयोजनामा सञ्चालित उक्त तालिममा नगर क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा सहकारी क्षेत्रका विज्ञ नवीन मैनालीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहकारी व्यवस्थापन, वित्तीय अनुशासन, सुशासन प्रवद्र्धन तथा सदस्य सेवामा सुधारका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। सहभागीहरूले तालिमले सहकारी सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले सहकारी सञ्चालनमा पारदर्शिता, कानुनी प्रक्रिया र प्राविधिक मूल्याङ्कनलाई कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो। उहाँले कुनै पनि निर्णय गर्दा आवश्यक अध्ययन नगरी हस्ताक्षर नगर्न आग्रह गर्दै प्राविधिक मूल्याङ्कन तथा प्रचलित बजार दरका आधारमा मात्रै काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख ढुंगानाले सहकारी क्षेत्रमा सिन्डिकेट अन्त्य गरी सबै साधारण सदस्यलाई समान अवसर सुनिश्चित गर्नुपर्ने बताउँदै लोकतान्त्रिक अभ्यासअनुसार नेतृत्व चयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, सहकारीहरूको स्वमूल्याङ्कन, नियमित अनुगमन तथा उत्कृष्ट सहकारीलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले उत्पादनमुखी गतिविधि, सुशासन र जिम्मेवार व्यवस्थापनमार्फत सहकारीले स्थानीय आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पु¥याउन सक्ने उल्लेख गर्नुभयो।
त्यसैगरी नगर उपप्रमुख दिपक विश्वकर्माले सहकारी संस्थाहरूलाई उत्पादनमुखी कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले गाउँमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै साना किसान तथा उद्यमीलाई सस्तो दरमा ऋण प्रवाह गरी आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। केही स्वार्थ समूहका कारण सहकारी क्षेत्रमा अविश्वास बढेको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता र उत्तरदायी व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजाल, आर्थिक विकास समितिका संयोजक लक्ष्मण रम्तेललगायत सहकारी प्रतिनिधिहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने








