‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज, विराज–खुशीको नृत्य आकर्षण

काठमाडौं। राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ।
यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेको बेला निर्माण टिमले नयाँ गीत ल्याएको हो।
सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगर को स्वर रहेको छ। गीतमा एसडी योगीको संगीत तथा मौसम अर्यालको शब्द रहेको छ भने भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विराज भट्ट र खुशी कार्की फिचर्ड छन्। दुवैको रोमान्टिक नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ। गीतको छायांकन दैलेखमा गरिएको हो।
माइकल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको कथा, पटकथा तथा निर्देशन माइकल चन्द ले गरेका हुन्। फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत रहेको छ। मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन तथा बन्दे प्रसादको सम्पादन छ।
फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको फिल्म ‘राम नाम सत्य’को टिजरले समेत सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मप्रति दर्शकको अपेक्षा बढ्दो देखिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३१, बुधबार १३:३१चिकित्सकहरूको आन्दोलनप्रति संघको ध्यानाकर्षण,जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह









