रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

पोखरा । एक विशेष रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन गरिएको छ। विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि दिलिप बिक्रम शाहिले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा विशेष अतिथिहरू धन बहादुर नेपाली र अन्जु के.सि, जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री, पूर्व संघीय सांसद दामोदर पौडेल बैरागी, रेडक्रस जिल्ला उपसभापति रमा कोइराला लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला तहका प्रतिनिधिहरू उज्वल खत्री, कल्पना भुवाजी, हरि सुनार, वडा अध्यक्ष विष्णु प्रसाद बराल, सदस्य गोबिन्द पराजुली तथा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा. डा. सरोज कोइरालाको समेत सहभागिता रहेको थियो।कार्यक्रमको अध्यक्षता लक्ष्मण बरालले गरेका थिए भने सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए।
कार्यक्रममा दिलिप बिक्रम शाहि र लक्ष्मण बरालले मन्तव्य राखेका थिए।यसै अवसरमा पोखरा–५ निवासी क्षयरोग पीडित मनोज सि.के.को निधन पश्चात् आर्थिक अवस्था कमजोर भएकाले दाहसंस्कारका लागि पार्टी कमिटीको पहलमा १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। उनका दुई नाबालक सन्तान (छोरा र छोरी) रहेका छन्।
कार्यक्रमले सामाजिक सेवासँगै मानवीय संवेदनालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








