‘परालको आगो’को ‘उडि जाउँ भने’ गीत ११ लाख भ्यूज पार

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ले दर्शकको राम्रो साथ पाएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै ११ लाखभन्दा बढी भ्यूज हासिल गरेको हो।
गीतले दैनिक २ लाखभन्दा बढी भ्यूज बटुल्दै ट्रेन्डिङमा उक्लिएको छ। समाचार तयार पार्दासम्म गीतलाई करिब १५ हजार लाइक र ८ सय ५० भन्दा बढी कमेन्ट प्राप्त भएका छन्, जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन्।
दर्शकले गीतमा देखिएका कलाकार सुहाना थापा र प्रकाश सपुतको अभिनयको खुलेर प्रशंसा गरेका छन्। कमेन्टकर्ता रेनुका घलानले सुहानाको लुक्स र पहिरनको तारिफ गरेकी छन् भने समिर सुनारले आफू सुहाना र प्रकाशका फ्यान भएको उल्लेख गरेका छन्।
अर्की प्रयोगकर्ता अन्जु थापाले गीतप्रति आकर्षण व्यक्त गर्दै “जति सुने पनि सुनिरहन मन लाग्ने” प्रतिक्रिया दिएकी छन्। समग्रमा दर्शकबाट गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेको देखिन्छ।
गीतको भिडियोमा सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय रहेको छ। भिडियोमा उनीहरूको अभिनयसँगै रामजी लामिछानेको कोरियोग्राफीलाई पनि दर्शकले मन पराएका छन्। गीतका अंशहरूमा आधारित टिकटक तथा फेसबुक रिल्स समेत बन्न थालेका छन्।
चार दशकअघि चर्चित बनेको यस गीतलाई पुनः रेकर्ड गरी नयाँ पुस्तामाझ ल्याइएको हो। मूल रूपमा गायिका अरुणा लामाले गाएको गीतलाई यसपटक निशु शर्माले स्वर दिएकी छन्। शान्ति ठटालको संगीत रहेको गीतमा शब्द मनबहादुर मुखियाको छ भने एरेन्ज बिनोद भुजेलले गरेका छन्।
गीतप्रति दर्शकको साथले निर्माण पक्ष पनि उत्साहित देखिएको छ। निर्माता सुशील पोखरेलले छोटो समयमै गीतले पाएको प्रतिक्रियाप्रति आभार व्यक्त गरेका छन्।
गुरु प्रसाद मैनालीको कृतिमा आधारित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ। लक्ष्मण सुनार निर्देशित फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









