१२ चैतमा सांसदको,१३ चैतमा प्रधानमन्त्रीको शपथ

रास्वपा अध्यक्ष रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपाध्यक्षद्वय डिपी अर्याल तथा स्वर्णिम वाग्लेबीच बिहीबार बसे को बैठकले शपथ मिति तय गरेको हो ।
प्रधानमन्त्रीमा वरिष्ठ नेता शाहले शपथ लिने तय भए पनि मन्त्रीको नाम भने टुंगो लाग्न सकेको छैन । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यको शपथग्रहण कार्यक्रम भने १२ चैत दिउँसो २ बजे तय गरेको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदको शपथग्रहणअघि ज्येष्ठ सदस्यको राष्ट्रपतिसमक्ष शपथ गराइने छ ।
निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष बुझाएको निर्वाचन परिणाम राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई पठाउनेबित्तिकै ज्येष्ठ सदस्य पहिचान गरी शपथ व्यवस्था गरिने गिरीले बताए ।
ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणका लागि तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाइने र राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथग्रहण गराएसँगै कार्यक्रम अघि बढाइने भएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21092, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
समाचार२०८३ असार २१, आईतवार १२:२९गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद
समाचार२०८३ असार २१, आईतवार १२:२३मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल









