‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा नवअभिनेत्री पञ्चमी घिमिरे र अभिनेता अरुण क्षेत्रीलाई प्रस्तुत गरिएको छ। गीतमा तुलसी घिमिरेकै शब्द तथा रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। साथै, अभिनेता विपिन कार्कीको र्यापले गीतलाई थप आकर्षक बनाएको छ। नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।
निर्देशक घिमिरेले लामो अन्तरालपछि अर्थपूर्ण कथावस्तु चयन गरेर फिल्म निर्माण गरेको बताए। उनका अनुसार फिल्मले मनोरञ्जनसँगै समाजलाई सन्देश दिने प्रयास गरेको छ, जसको झल्को यस गीतमा पनि पाइन्छ।
ग्रामीण परिवेशमा छायाङ्कन गरिएको गीत नृत्यप्रधान र मधुर छ। गीतले गाउँको सौन्दर्य, रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने बाध्यता, र गाउँको महत्वजस्ता विषयलाई उठान गरेको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको योगदानको प्रशंसा गर्दै पारिवारिक समर्पणको उच्च मूल्यांकन गरे। उनले ‘पहाड’प्रति आशावादी रहेको पनि बताए।
आगामी २०८३ साल वैशाख १ गते, नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने ‘पहाड’ले युवा पलायनका कारण सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसबाट उत्पन्न सामाजिक–आर्थिक समस्यालाई प्रस्तुत गर्नेछ।
फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यू गराएका छन्। साथै, जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको भूमिकामा रहेकी छिन्।
भाग्यरत्न फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी हुन् भने भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन्।
नेपालमा ‘पहाड’लाई वैङ्कटेश इन्टरटेनमेन्टले र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्। फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २०, आईतवार १८:०६‘मुया रानी’ सार्वजनिक : प्रेमको गहिरो भाव बोकेको गीत
समाचार२०८३ बैशाख २०, आईतवार १६:५०सिद्धार्थ राजमार्गमा आधुनिक ‘आर्क ब्रिज’: राम्दीमा निर्माणाधीन पुल अन्तिम चरणमा
समाचार२०८३ बैशाख २०, आईतवार १४:१५स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
खेलकुद२०८३ बैशाख २०, आईतवार ०९:२८चेन्नाई सुपर किंग्सको शानदार जित « रिपोर्टर्स नेपाल








