खरी स्वास्थ्य चौकीमा बिशेषज्ञ स्वास्थ्य शिविर हुँदै

धादिङबेशी । ज्वालामुखी गाउँपालिकाको खरीमा स्वास्थ्य शिविर हने भएको छ । गाउँपालिकाको वडा नं. ५ स्थित धुलीमैदानमा रहेको श्री खरी स्वास्थ्य चौकीमा यहि शनिबार १४ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने गरि शिविर आयोजना गरिएको हो।
शिविरमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूको आउने ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो । सेवाग्राहीहरूलाई जनरल सर्जरी, जनरल फिजिसियन, महिला तथा बाल रोग, हाडजोर्नी, नाक–कान–घाँटी तथा छाला रोगसम्बन्धी परामर्श र उपचार सेवा प्रदान गर्न लागिएको उहाँले बताउनु भयो ।
ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको छ। उक्त कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिडटाउन, भरतपुर, चितवनले प्राविधिक सहयोग गर्ने भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १६, शनिबार २२:२५नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १६, शनिबार १३:५५नेपाल चिकित्सकहरुको सम्मेलन सुरु « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ जेष्ठ १६, शनिबार १०:१२आज नेपाल र मलेसिया भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १५, शुक्रबार १८:२७जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक









