‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal

काठमाडौँ । रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। नेपाली फिल्मका दर्शकको खडेरी परेको समयमा यो फिल्मले दर्शक हलमा तान्न सक्ने निर्माण पक्षको विश्वास छ।
तीन दाजुभाईबीचको सम्बन्ध,उनीहरुबीचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन्। कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय दर्शकले हेर्न पाउने छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन,बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् भने फिल्मको पाश्र्व संगीतमा सम्राट थापा,ध्वनी मिश्रणमा मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार ०९:५५भोटेकोशी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको उद्धार
खेलकुद२०८३ भाद्र १९, शुक्रबार ०७:५४नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने









