अनुसन्धानका लागि म्याद थपको तयारी-अस्पतालमा ओली, अदालतमा लेखक

काठमाडौँ- शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वगृहमन्त्री लेखकलाई शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उहाँलाई आज अदालतमा उपस्थिति गराइएको हो।
त्यसैगरी, आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भने अस्पतालमा रहेका कारण भर्चुवल रुपमा अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
गौरी बहादुर कार्की नेतृत्व जाँचबुझ आयोगको सिफारिसका आधारमा यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सो निर्णयसँगै चैत १४ गते बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक







