नीलकण्ठ ८ स्थित ससाहमा बोलेरो जिप दुर्घटना,घाईते एक जनालाई थप उपचारको लागि काठमाण्डौँ लगियो

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह दुबेनी क्षेत्रमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।धादिङबेसीबाट नलाङतर्फ जाँदै गरेको ग १ ज ६०४९ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा सिद्धलेक गाउँपालिका–१ निवासी २६ वर्षीया सालिना आले मगर, २५ वर्षीय चालक सुमन राना मगर, २३ वर्षीय दीपक सिलवाल, ३५ वर्षीया सुनिता श्रेष्ठ, ७० वर्षीय लालबहादुर पाटा मगर र ५० वर्षीया धनकुमारी सिलवाल घाइते भएका छन्।
घाइतेमध्ये दीपक सिलवालको दाहिने काँधको हड्डी भाँचिएकोले थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको थियो। उपचारपछि ५ जना घाइतेलाई साँझ नै डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालक सुमन राना मगर प्रहरी नियन्त्रणमा रहेका छन्।घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको कमाण्डमा ट्राफिकसहित १५ जनाको टोली खटिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक







