घाइते महिलालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान

धादिङबेशी,२४ चैत्र । नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी गायत्री लम्साललाई नीलकण्ठ नगरपालिकाले घरमै पुगेर ‘क वर्ग (रातो)’ अपाङ्गता परिचयपत्र प्रदान गरेको छ। उपप्रमुख दिपक विश्वकर्मा, सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया र धादिङ अस्पतालका डा. दिनेश रेग्मी सहितको टोलीले उनको निवासमै पुगेर परिचयपत्र हस्तान्तरण गरेको हो।
गत २०८१ मंसिर ३ गते भएको सवारी दुर्घटनामा घाइते भएकी लम्साल उपचाररत अवस्थामा रहँदै आएकी छन् र हाल पनि कोमामा रहेको परिवारले जनाएको छ। उनकी दिदी रीता लम्सालका अनुसार पहिलेको तुलनामा केही सुधार देखिए पनि स्वास्थ्य अवस्था अझै गम्भीर नै रहेको छ।
परिचयपत्र हस्तान्तरणपछि उपप्रमुख विश्वकर्माले गम्भीर अवस्थाका बिरामीलाई सहज रूपमा राज्यका सेवासुविधा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए। नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रदान गरेको यस कार्यलाई मानवीय र उत्तरदायी कदमका रूपमा लिइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा








