राजस्थान रोयल्सको लगातार चौथो जित « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत २८ । राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई ६ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ६ विकेटले हराउँदै राजस्थानले चौथो जित हात पारेको हो ।
आरसीबीले दिएको २ सय २ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । राजस्थानका लागि ध्रुव जुरेलले ८१ र वैभव सूर्यवंशीले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, रविन्द्र जडेजाले २४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो। आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, विराट कोहली ३२, वेंकटेश अय्यरले २९ रन बनाए ।
राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले २–२ विकेट लिए। यो जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पराजित भएको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









