पल र विपनाको ‘आ बाट आमा २’ को शुभमुहूर्त सम्पन्न

पल र विपनाको ‘आ बाट आमा २’ को शुभमुहूर्त सम्पन्न

काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त सम्पन्न भएको छ। सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।

अघिल्लो वर्ष सफल बनेको फिल्म ‘आ बाट आमा’को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस फिल्ममा अघिल्लै कलाकारहरू दोहोरिएका छन्। फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत र गजित बिष्ट पुनः देखिनेछन्।

यसका साथै नयाँ कलाकारका रूपमा आकाश श्रेष्ठ र नरेन खड्का पनि फिल्ममा जोडिएका छन्। अभिनेत्रीहरूको छनोट भने अझै बाँकी रहेको छ भने अन्य कलाकारहरूको चयन प्रक्रिया जारी रहेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।

निर्माण टिमले यसअघि नै फिल्मलाई आगामी दसैंमा प्रदर्शन गर्ने लक्ष्य राखेको जनाएको छ। फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ। आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =