अभिनेता अशोक आर्यन यादवको गृह जिल्लामा ‘कुम्भ’ को बिसेष कार्यक्रम

अभिनेता अशोक आर्यन यादवको गृह जिल्लामा ‘कुम्भ’ को बिसेष कार्यक्रम

काठमाडौँ। आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली तथा हिन्दी भाषामा निर्माण गरिएको चलचित्र ‘कुम्भ’को प्रचार–प्रसारलाई तीव्र बनाइएको छ । यसैक्रममा डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरी, राजबिराजमा विशेष प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।

सप्तरी कलाकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी कलाकार, सञ्चारकर्मी तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरूलाई पदआसनसहित स्वागत गरिएको थियो भने चलचित्रको टिजर तथा गीत सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो ।

अभिनेता अशोक आर्यन यादवले आफ्नो परिचय दिँदै चलचित्र ‘कुम्भ’बारे जानकारी गराएका थिए । उनले फिल्म सफल बनाउन दर्शक तथा स्थानीयवासीसँग सहयोग र समर्थनको अपिलसमेत गरे ।

कार्यक्रममा सप्तरी कलाकार संघका अध्यक्ष करण शर्मा र उपाध्यक्ष कामेश्वर परदेशीले चलचित्रको सफल प्रदर्शनको शुभकामना दिँदै फिल्मलाई व्यापक रूपमा चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि धनेश्वर यादवले समेत नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रतिभा र विषयवस्तु आवश्यक रहेको उल्लेख गर्दै ‘कुम्भ’ सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रमलाइ भब्य रुपमा सम्पन्न पार्न सरोज आर्यन यादव र तेजनारायण शर्माले बिसेष सहयोग गरेका थिए।

एक्सन–ड्रामामा आधारित चलचित्र ‘कुम्भ’मा अशोक आर्यन यादव, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ’को छायाङ्कन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् । फिल्ममा सम्राट बस्नेत,संजय थापाको द्वन्द्व निर्देशन रहेको छ भने निर्माता रणधीर श्रेष्ठ र राजेश साह तथा कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् ।

यो पनि पढ्नुहोस् :  कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल

एक्सन र रोमान्सको संयोजन बोकेको चलचित्र ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली चलचित्र बजारमा नयाँ स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =