चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीले विशेष रौनक थपेको थियो। कार्यक्रममा बोल्दै संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिक पक्षलाई अझ बलियो बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गर्नुभयो।
विशेष अतिथि करिश्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउँदै चलचित्रलाई दर्शकमाझ पुर्याउने प्रमुख माध्यम पत्रकारिता नै रहेको उल्लेख गर्नुभयो। कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो।
महानायक राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताउनुभयो। उहाँले वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता झन् बढेको धारणा राख्नुभयो।

यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३ अन्तर्गत नगद रु. ५५ हजार ५ सय ५५ सहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ जयन सुब्बा मानन्धर तथा कुबेरराज गिरीलाई प्रदान गरिएको थियो।
त्यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत नगद रु. ५१ हजारसहित वैकुण्ठराज पराजुली पुरस्कृत हुनुभयो भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत नगद रु. ५१ हजारसहित सुरक्षा भट्टराई सम्मानित हुनुभयो। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान–२०८३ अन्तर्गत नगद रु. २५ हजारसहित मिलन ढुंगाना सम्मानित हुनुभयो। साथै, स्वर्गीय दिनेश सिटौलाप्रति राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।
कार्यक्रममा दिनेश डीसी, राजेश हमाल, वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, अशोक शर्मा,छवि ओझा ज्ञानेन्द्र देउजा, केपी पाठक, बद्री पंगेनी, ऋषि लामिछाने, नवल नेपाल, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, पल शाह, सुरक्षा पन्त, जितु नेपाललगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू नरेन्द्र महर्जन, उत्तम केसी, अरुणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, बसन्त थापा बित्यासीलगायत महानुभावहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
समग्रमा, चलचित्र पत्रकारिता दिवस चलचित्र पत्रकारिता क्षेत्रको सम्मान, सहकार्य र जिम्मेवार पत्रकारितालाई थप मजबुत बनाउने साझा मञ्चका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal









