आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको संरक्षणमा जोड

पोखरा । ‘आदिवासी जनजाति समुदायको भाषा, कला, संस्कृति, रहनसहन र जीवनयापनमा परम्परागत गीत, नृत्य तथा साहित्यको प्रभाव’ विषयक सांस्कृतिक नृत्य प्रस्तुति तथा विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोग तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ समन्वय परिषद् गण्डकी प्रदेशको आयोजनामा
महासंघकी अध्यक्ष मिलन भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विना थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिईन् ।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरूले सांस्कृतिक विविधता नेपालको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव, पहिचान संरक्षण र सांस्कृतिक प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा मगर समुदायको कौडा नृत्य, तामाङ समुदायको ढुङ्गा नृत्य, छन्त्याल समुदायको सोरठी, गुरुङ समुदायको घाटु नृत्य तथा बुद्धिमान दुराद्वारा ठाडो भाका गीत प्रस्तुत गरिएको थियो।
विभिन्न जातीय समुदायका मौलिक कला, संस्कृति र परम्परागत जीवनशैली झल्काउने प्रस्तुतीहरूले सहभागीहरूको विशेष ध्यान आकर्षित गरेका थिए।

विमर्श सत्रमा आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, साहित्य, परम्परागत ज्ञान तथा जीवनशैली संरक्षणका विषयमा छलफल गरिएको थियो। विषय विज्ञ तथा सहजीकर्ताको भूमिका गौरी गुरुङले निर्वाह गरेकी थिईन् ।
र्यक्रममा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, महासंघका सल्लाहकार पूर्ण लामा, दीपक तामाङ, निवर्तमान अध्यक्ष दिलमाया गुरुङ, धनप्रसाद तामाङ, हर्कबहादुर मगर, गौरी गुरुङलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21736, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








