पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने सुविधा पाउनेछन् । यस अगाडि बिक्री भएका ओमोडा, जेको र आइकारको ब्याट्री वारेन्टी ११ वर्षमा विस्तार गर्ने सुविधाले ग्राहकहरु लाभान्वित हुने र ब्राण्डप्रतिको विश्वास थप बढ्ने कम्पनीले विश्वास लिएको छ ।
‘पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,’ बरालले भने । पोखरा बजारमा प्रवेश गरेयता ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको उनले जानकारी दिए । पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेको जे६, तथा ६० भन्दा बढी आइकार गुडिरहेका छन् ।
यस ऐतिहासिक उपलब्धिको सम्मान गर्दै तथा आफ्ना ग्राहकप्रति आभार व्यक्त गर्न ओमोडा जेको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा इ५ का ग्राहकलाई ११ वर्षसम्मको विस्तारित वारेन्टी प्रदान गर्ने घोषणा गरिएको बताइएको छ । यो पहलले ब्रान्डको गुणस्तर, प्रविधि तथा ग्राहक सन्तुष्टिप्रतिको दृढ प्रतिबद्धतालाई झल्काउनेछ ।
कम्पनीले पोखराका सम्पूर्ण ओमोडा तथा जेको ग्राहकलाई जेठ २२ गते (५ जुन २०२६) शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणासमेत गरेको छ । कार्यक्रममा सहभागीहरूले ओमोडा जेको परिवारसँग पुनः भेटघाट गर्नुका साथै नयाँ ओमोडा इ५ प्रोको प्रत्यक्ष अनावरणको अनुभव लिन सक्नेछन् ।
ग्राहकको निरन्तर विश्वास, समर्थन तथा माया नै ओमोडा जेकोको सफलताको प्रमुख आधार भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनहरूमा पनि उत्कृष्ट उत्पादन तथा सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21775, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








