सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने

काठमाडौं, २८ जेठ । फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौं प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए। उनले पूर्वस्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न÷नगराउन सबैलाई अनुरोध गरे ।
खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकाले उक्त निवेदनमा उल्लेखित शर्तहरुको अधिनमा रही सङ्घसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइने जनाइएको छ ।
काठमाडौं प्रशासनले आजै एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी कोहीकसैले यस कार्यालयको स्वीकृति बेगर आज रातिदेखि हुने फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणका नाममा भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भए कानुनबमोजिम कारबाही हुने जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









