चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

कमेडी जनरामा निर्माण हुने यस चलचित्र पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताएका छन्। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।


काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो।

चलचित्र यही असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा छ। यस चलचित्रमार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्ने भएका छन्। त्यसैगरी, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट अभिनय यात्रा सुरु गर्दैछिन्।

निर्माण टिमका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अन्य केही प्रतिभावान कलाकारहरूले समेत डेब्यु गर्नेछन्। यद्यपि, ती कलाकारहरूको नाम भने हाललाई गोप्य राखिएको छ।

कमेडी जनरामा निर्माण हुने यस चलचित्र पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताएका छन्। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।

निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही प्रोजेक्ट प्राविधिक कारणले केही समय पछाडि सरेका थिए। त्यसैले अहिले ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकतामा राखेर अघि बढाइएको हो। साथै, यसअघि घोषणा गरिएका अन्य प्रोजेक्ट पनि क्रमशः निर्माण प्रक्रियामा जाने उनले जानकारी दिए।

चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ। विदेश वितरणका लागि पनि विभिन्न वितरकहरूबाट चासो र माग आएको भए पनि निर्माण कार्य सम्पन्न भएपछि मात्र त्यसबारे अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =