पत्रकार आकाश लम्साल सम्मानित

धादिङबेशी,८ असार । धादिङको सिद्धलेक गाउँपालिकाले सञ्चार क्षेत्रमार्फत स्थानीय मुद्दा, विकास गतिविधि र जनचासोका विषय प्रभावकारी रूपमा उठाएको योगदानको कदर गर्दै पत्रकार आकाश लम्साललाई सम्मान गरेको छ ।
गाउँपालिकाले गाउँसभाको १९ औँ अधिबेशनको अवसरमा नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज रेडियोसँग आबद्ध लम्साललाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरेको हो । लम्साल नीलकण्ठ एफ.एम.मा समाचारदाता पदमा कार्यरत छन ।
सम्मान–पत्रमा स्थानीय सरकारका नीति, कार्यक्रम, विकास निर्माण, जनचासोका विषय तथा नागरिक सचेतनासम्बन्धी सामग्री सञ्चार माध्यमबाट प्रसारण र प्रचार–प्रसार गरी स्थानीय तह र नागरिकबीच सूचना तथा संवादको सेतुको भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
सिद्धलेक गाउँपालिकाले पत्रकारिता तथा सञ्चार क्षेत्रमार्फत सुशासन प्रवद्र्धन, नागरिक सहभागिता, सामाजिक सद्भाव, सरसफाइ तथा स्थानीय विकासका अभियानमा सहयोग पु¥याएको योगदानको कदरस्वरूप लम्साललाई सम्मान गरिएको जनाएको छ ।
सम्मान–पत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको हस्ताक्षर रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १०, बुधबार ०७:३७बराबरीमा रोकिए इङ्ल्याण्ड र घाना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार २०:४५चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ९, मंगलवार १५:२९सरकारले गर्याे जलन उपचारलाई देशभरका अस्पतालमा विस्तार








