नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्।


काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ओएसआरको युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक प्रस्तुति देख्न सकिन्छ। विवाह समारोहमा महिलाहरूले खेल्ने परम्परागत रत्यौलीलाई रमाइलो र जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोमा दीपाश्री निरौला पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता ढुङ्गाना पारम्परिक महिला पहिरनमा सजिएकी छन्। दुवैबीचको रोचक प्रस्तुतिले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।

गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ मा उनी स्वयं मुख्य भूमिकामा देखिएकी छन्। चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा र पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिनप्ले शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल छायाङ्कन निर्देशक (डीओपी) रहेको यस चलचित्रको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

चलचित्रका कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। साथै, चलचित्रको डिजिटल अधिकार ओएसआरले प्राप्त गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   8   =