अर्घाखाँची। चलचित्र प्रेमी दर्शकलाई लक्षित गर्दै अर्घाखाँचीमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा आएको छ।
नयाँ चलचित्र भवन सञ्चालनमा आएसँगै जिल्लाका दर्शकले आफ्नै क्षेत्रमा स्तरीय र सुविधासम्पन्न वातावरणमा नेपाली तथा अन्य चलचित्र हेर्न पाउने भएका छन्। ‘जय सन्तोषी माँ’ले अर्घाखाँचीको चलचित्र संस्कृति र मनोरञ्जनको क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
चलचित्र भवन सञ्चालनले स्थानीयस्तरमा चलचित्रप्रतिको आकर्षण बढाउनुका साथै नेपाली चलचित्रको बजार विस्तारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको ‘जय सन्तोषी माँ’ले जिल्लाको चलचित्र व्यवसायलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। सिनेमा हाल संचालनमा आए संगै चलचित्र ‘गौंथली’ प्रदर्शन गरिएको छ।
अर्घाखाँचीमा आधुनिक चलचित्र भवनको अभाव महसुस भइरहेका बेला सञ्चालनमा आएको ‘जय सन्तोषी माँ’ले स्थानीय दर्शकसँगै चलचित्र क्षेत्रका लागि समेत नयाँ सम्भावनाको ढोका खोल्ने संचालकले बताए ।










