राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित

राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित


काठमाडौँ। प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने ‘कंगाल करोडपति’को प्रमुख भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। यस फिल्मको निर्देशन राजु श्रेष्ठले गर्नेछन्। फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले सिनेमामा जोडिएको बताए।

‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने। अभिनेता भुषाल अभिनित फिल्म ‘रोल नम्बर १’ हाल नेपाली सिनेमाघरमा प्रदर्शनरत छ।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ। फिल्मका लेखक सुमन गजमेर हुन्। निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।

निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायांकनमा जाने तयारी गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  राजु शाहको निर्देशनमा बनेको चलचित्र ‘जाँड’ प्रदर्शनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =