‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

‘चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

नको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।


काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई बिचित्र अबस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म फिल्म अभिनयमा निकै ब्यस्त थिए । एकाएक अमेरिका उडेपछि उनी अब यही फिल्मबाट पुनः दर्शकमाझ आउदैछन् ।

हाँस्य कलाकारितामा निकै जमेका उनी ‘चमेलीको पोइ’ को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अबस्थामा छन् । उनको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।

फिल्मको अहिलेको पोस्टरमा त्रिपाठीको अर्धनग्न स्वरुपका साथमा फिल्मका प्रमुख कलाकार सुरक्षा पन्त,मुकुन भुसाल,विल्सन बिक्रम राई,रामनारायण उपाध्याय,सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ । यीबाहेक फिल्ममा प्रेमदेव गिरी,रबिन्द्र झा,अंशु महर्जन,खडकबहादुर पुन,रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाह,रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।

सार्वजनीक प्रदर्शनमा आउनुभन्दा केही साताअघि अर्थात ९ अगस्तमा अमेरिकाको टेक्सासमा बिशेष शो आयोजना गर्न लागीएको फिल्मको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् ।

सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सहनिर्माता रहेको फिल्म मुस्ताङ,पोखरा र काठमाडौंमा खिचिएको हो । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

यो पनि पढ्नुहोस् :  अरुण र प्रकाशको 'हन्टर' असोज ९ गते

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =