नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

धादिङबेशी,१६ असार । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागको आयोजनामा भएको कार्यक्रममा नेपाली मौलिक संस्कृति, असारे भाका तथा श्रम संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

विभाग प्रमुख हरी लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. मुरारी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख युवराज सुवेदी, निवर्तमान क्याम्पस प्रमुख नवराज शर्मा, प्राध्यापक संघका सभापति बद्रीप्रसाद कोइराला, विभिन्न विभागका प्रमुख, शिक्षक, अभिभावक कलाकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अभिभावक कलाकारहरूले मौलिक असारे भाका प्रस्तुत गरेका थिए । त्यसपछि विद्यार्थीहरूले पनि असारे गीत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले असार १५ नेपाली समाजको श्रम, एकता र सांस्कृतिक पहिचानसँग जोडिएको दिन भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई अध्ययन र पेशासँग सम्बन्धित क्षेत्रमा सिर्जनशील र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

अतिरिक्त क्रियाकलाप संयोजक डा. नविन बन्धु पहाडीले असारे गीत नेपाली समाजको मौलिक सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्राध्यापक संघका सभापति बद्रीप्रसाद कोइरालाले यस्ता कार्यक्रमले लोपोन्मुख असारे भाकाको संरक्षणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रमको समापन गर्दै विभाग प्रमुख हरी लम्सालले आगामी दिनमा पनि संस्कृति संरक्षणसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =